जनकपुर-अयोध्या बुद्ध एयरले हवाइ उडान गर्न तयार - Hamro Janakpur

जनकपुरधाम । बुद्ध एयरले नेपालको जनकपुरबाट भारतको अयोध्यामा हवाइ उडान गर्न तयार रहेको बताएको छ।

नेपालको आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्सले जनकपुरबाट भारतको उत्तरप्रदेशको फैजावादमा उडान गर्न इच्छुक भएको जानकारी गराएको छ।

भारत सरकारले फैजाबादमा रहेको विमानस्थलको मर्यादा पुरुषात्तोम नामाकारण गर्दै सन् २०२२ देखि अन्तर्राष्ट्रिय उडान गर्न मिल्नेगरी निर्माण गरिरहेको छ।

‘विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेवित्तिकै हामी उडान गर्न इच्छुक छौं’ बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले भने।

बुद्ध एयरले उडानका लागि आन्तरिक तयारी गरिरहेको र अनुमतिका लागि नेपालको नियमक नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको जानकारी दिएको छ।

जनकपुरबाट अयोध्या उडान भएमा त्यसको उडान दुरी पचास मिनेटको हुने बुद्ध एयरले जानकारी दिएको छ।

बुद्धले हाल भारतकै वाणारासीमा उडान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।