जनकपुर:वैदेही ग्रुप अफ फाउण्डेशनद्वारा एसिड पीडित साहलाई नगद सहयोग - Hamro Janakpur

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थाई राजधानी जनकपुरधामका एसिड पीडित लाई वैदेही ग्रुप अफ फाउण्डेशनद्वारा आरति साहलाई नगद सहयोग गरेको छ ।

वैदेही ग्रुप अफ फाउण्डेशनले एसिड आक्रमणकी पीडित आरतिलाई दश हजार रुपैयाँ नगद सहयोग गराएको हो ।

फाउण्डेशनले आरतीको आर्थिक अवस्था कमजोर रहेकोले आफ्नो संस्थाको मद्दतले थप सहयोग पुगोस् भन्ने ध्येयले १० हजार रुपैयाँ प्रदान गरेको छ । फाउण्डेशनका प्रतिनिधि युवा अभियन्ता कैयुम राईन र बसन्त साह आरतीको घरमै पुगेर सहयोग गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर–२० घर भई वडा नम्वर–७ स्थित डेरा लिएर बस्दै आएकी आरती साहमाथि उनका श्रीमान सञ्जीव साहले नै एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।