महोत्तरी । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं.७ सरपलो धोवी टोल बस्ने ७५ वर्षिय सोनावती देवीलाई चैत २९ आफ्नै बुहारी गिना वैठाले नै बृद्ध सासुलाई कुटपिट गरेको बाहिर आएको छ । तर बोक्सी भन्दै गाउँकै स्थानियले कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएको छ ।
चैत २९ गते गिना बैठाले सासु सोनावती देवीलाई कुटपिट गरिरहेको देखेर स्थानियले उनीहरुको विवाद सुल्झाउन जाँदा उनीहरुमाथि नै गिनाका श्रीमान उपेन्द्र बैठाले बोक्सी भन्दै आमा कुटेको जाहेरी प्रहरीमा दिएको छ । समाजिक संजालमा भाईरल भिडियो अनुसार गिनाले आप्mनो सासुलाई सडकमै लछारपछार गर्दै कुटपिट गरिरहेको प्रष्ट देखिन्छ । गिना संगै उनका श्रीमान उपेन्द्र समेत होहल्ला गरिरहेका छन् । तर, उपेन्द्रले विवाद सुल्झाउन पुगेका राम सुलिन्दर बैठा, जिवु भन्ने जिबो देवी, रामजिनिस बैठा र कुन्ती देवी माथि मुद्दा दर्ता गराएको हो ।
मुद्दाको बदलामा मुद्दा
गत पुस २ गते मनरा सिस्वा नगरपालिका वडा नं.७ सरपलो धोवी टोलकी जिबोको १३ वर्षिय छोरी अपहरणमा परेकी थिईन । उनी चार पाँच दिन पछि मनरा सिस्वा नगरपालिकाका उपमेयर रमिता प्रधानको शौचालयबाट फेला परिन् ।
उक्त बालिकालाई शारिरिक बन्धक बनाई अपहरण गरेको अभियोगमा स्थानियबासीहरु आन्दोलित भएका थिए । त्यसपछि महोत्तरी प्रहरीले अनुसन्धान गरी उपमेयरकी श्रीमान विनोद गामी र परिक्षण साह, गिना वैठा सहित तीन जनाको संलग्नता रहेको भन्दै अपहरण मुद्दा दर्ता गरेका थिए ।
उक्त मुद्दा फिर्ता गराउन बालिकाको आमालाई अनेकौं प्रलोभन, धाकधम्की तथा समाजिक दबाब दिदैं आएका थिए । तरपनि बालिकाको आमा जिबो मुद्दा फिर्ता लिन सहमत भईनन् । जिबो भन्छिन् – मुद्दा दर्ता भएका पाँच महिनाको अवधिमा हामीलाई मुद्दा फिर्ता लिन बारम्बार प्रलोभन तथा धाकधम्की दिईरहेका थिए । तर छोरीको न्यायको लागि कुनै लोभ प्रलोभमा परेनौं । न त कुनै धाकधम्कीको वास्ता गर्यौं ।
जब हामी उनीहरुको कुनै लोभ वा धम्कीमा डराएनौं । त्यपछि पूर्वनियोजित योजना अनुसार आफुहरु विरुद्ध उपमेयरको योजनामा जिल्ला प्रहरीमा छुठ्ठा मुद्धा दिएका छन् । गिनाले आप्mनै बृद्ध सासुलाई निर्घात कुटीरहेको देखेर स्थानीहरु संगै आफु पनी सुल्झाउन त्यहाँ पुगे । र, छिमेकिको नाताले छिमेकीको घरमा झैझगडा हुँदा पुग्नु पनि स्वभाबिकै हो ।, जिवोले भिनन्– उनीहरुको बदलाको योजनाको बारेमा मैले थाहै पाईन् ।
प्रहरीकै सेटिंग
शारिरिक बन्धक बनाई अपहरण मुद्दा दर्ता भएको पाँच महिना वितिसक्दा पनि महोत्तरी प्रहरीले आरोपित उपमेयर प्रधानका श्रीमान विनोद गामी, परिक्षण साह र गिना बैठालाई पक्राउ गरेको छैन् ।
प्रहरी संग सेटिंग भएकै करण उनीहरु खुलेयाम घुम्दै पिडितमाथि दबाब दिदैं अनेकांै योजना बुन्दै आएको स्थानीयहरुको तर्कछ । सोही योजना अनुरुप गिनाका श्रीमानले जिवोमाथि मुद्दा दिएको स्थानीय बुद्धिजिवीहरुको दावीछ । यद्यपी, महोत्तरी प्रहरीले उक्त अपहरणका दोषि कानूनी दायरामा ल्याउन असफल रहेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख ईश्वर कार्की संग फाेनमा कुराकानी गर्दै उहाले जानकारी अनुसार बोक्सी आरोपको मुद्दामा अनुसन्धान भईरहेको प्रतिक्रिया दिए । भने, अपहरण मुद्दामा संलग्नलाई छिट्टै कानूनी दायरामा ल्याउने दाबी गरे ।
याे समाचार पनि पढनु हाेला ।