धनुषामा प्रहरी चौकी अगाडीबाटै जेसिबी चोरी - Hamro Janakpur

जनकपुरधाम । धनुषामा प्रहरी चौकी अगाडीबाटै जेसिबि चोरी भएको छ । जिल्लाको ढल्केवर प्रहरी चौकी अगाडीबाट ना१क ५९२४ नम्बरको जेसिबी चोरी भएको हो ।

गत बुधबार बैशाख १ गते राति पार्किंग गरी राखेको अवस्थामा चोरी भएको जेसिबी धनी राम पुकार यादवले जनाएको छ ।

चोरी भएको उक्त जेसिबी भारतबाट सोलुखुम्बुको लागि ४०० केभीए बिद्युत प्रशारणको लागि भईरहेको कार्यमा ढल्केवरमा रहेको थियो । जेसिबी धनी यादवका अनुसार ढल्केवरमा बिद्युत प्रशारण कार्यमा प्रयोगमा रहेको २ वटा जेसिबी सँगै पार्किंग गरिएको थियो जसमा एउटा चोरी भएको हो । ४६ लाख पर्ने उक्त जेसिबी उनले करिब २ बर्ष पहिले लिएको किनेको थियो ।

प्रहरी चौकी अगाडीबाटै जेसिबी चोरी भएपछि दुःखेसो पोख्दै जेसिबी धनी यादव भन्छन् हामी सुरक्षित कहाँ हुने । चोरी भएपछि प्रहरी चौकीमा पनि हराएको जेसिबी खोजिदिन जानकारी गराएका छौं, तर एक सप्ताह बितिसक्दा पनि हालसम्म केही जानकारी नआएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।