सिरहा । सिरहाका शिवकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि जेल चलान भएका छन् ।सिरहा जिल्ला अदालतको आदेशमा मिर्चैया नगरपालिका ७ का २७ वर्षीय विष्णु यादव र मिर्चैया ९ का २४ वर्षीय इन्द्रदेव यादवलाई कारागार चलान गरिएको हो ।मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्ग छेउको आँपको बगैँचामा शव फेला परेको थियो ।

पुर्पक्षका लागि जेल चलान भएका विष्णु शिवका आफ्नै काकाका छोरा हुन् भने इन्द्रदेव विष्णुका जेठान हुन् ।शिवकुमारको हत्याको ५ दिनपछि प्रहरीले दुवै अभियुक्त सार्वजनिक गरी उनीहरूमाथि अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएको थियो । शिवकुमारको हत्या आफूहरूले नै गरेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका थिए ।परिवारिक रिसिइबी साँध्ने मनसायले विष्णुले जेठान इन्द्रदेवको सहयोगमा शिवकुमारको हत्या गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय