आज देशभर राम नवमी पर्व मनाईंदै - Hamro Janakpur

जनकपुरधाम । आज देशभरि मर्यादा पुरुषोत्तम श्री रामको पुजा आराधना गरि रामनवमी पर्व मनाईदैछ ।

हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ ।

असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको छ ।

त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।