सिरहामा एकजना कटुवा पेस्तोलसहित पक्राउ - Hamro Janakpur

सिरहा । सिरहामा एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवानानकारकट्टी गाउँपालिका वडा नम्बर ३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादव छन् ।

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।