महोत्तरीमा बच्चा चोरेर भाग्दै एक पक्राउ - Hamro Janakpur

रञ्जन भण्डारी/महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ७ भोइलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा एकजनालाई स्थानीयहरूले पक्राउ गरेर प्रहरीकाे जिम्मा लगाएकाे हाे ।

बुधबार बिहान करिब ८ः३० मा भोइल चोकमा खिरा (कर्कलो)को मोटरी (पोका) लिएका एकजनाले आफ्नै घरअगाडि खेल्दै गरेको स्थानीय सुरेन्द्र महतोका डेढ वर्षीय छोरा आदित्य महतोलाई लिएर जाँदै गर्दा स्थानीयले देखेर समातेका छन ।

सोनमा गाउँपालिका– ८ सिंहासिनीनिवासी प्रत्यक्षदर्शी शैलेन्द्रप्रसाद पटेलले आफू सोही ठाउँमा रहेको पसलमा उभिरहँदा बच्चा चोरेर भाग्दै गरेको देखेको र स्थानीयहरूले बच्चा चोर भन्दै हल्ला गरेपछि सबैजना मिलेर बच्चा लिएर भाग्ने व्यक्तिलाई समातेको बताए ।

बच्चा लिएर भाग्नेको परिचय भने अहिले खुल्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले उक्त व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र सोधपुछ गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।