सिरहा गोलबजारको ग्रीन ल्याण्ड होटलमा प्रहरीले छापामारी गरेपछि, दुई जनालाई पक्राउ - Hamro Janakpur

सिरहा । सिरहाको गोलबजार स्थितको रहेको एक होटलमा छापामारी हानेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी ईन्चार्ज (ईन्सपेक्टर) सँतोष कुमार राईका अनुसार प्रहरीले डयुटिमा खटिएको बेला होटलका दुई कर्मचारीले प्रहरी उपर दुरव्यवहार गरेपछि दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारले गत बैशाख १ गते नै नियमित चेकजाँचको क्रममा चेकजाँज गर्न जाँदा होटलका कर्मचारीले दुरव्यवहार गरेपछि दुई जनालाई पक्राउ समेत गरिएको छ ।

नयाँ बर्षकै राती करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको टोलि र गोलबजारको सँयुक्त टोलीले छापा हानेको थियो । सो क्रममा होटलका स्टाफले प्रहरीसँग दुरव्यवहार गरेको तथा डयुटि गर्नबाट रोक्न खोजेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

सोही क्रममा नाम नखोल्ने शर्तमा स्थानीय एक व्यावसायीले होटलभित्र अनैतिक कार्यहरु गर्दै आएको बेलामा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् । यता, इन्सपेक्टर राईले भने प्रहरी उपर दुरव्यवहार गरेको कारण पक्राउ गरेको बताएका छन् ।

होटलभित्र यौन क्रियाकलाप चलाउँदै आएको स्थानीय व्यावसायीहरुले जनाएका छन् । होटलको नाममा भित्र लज पनि राखेर यस्ता कार्यहरु गर्दै आएको जानकारी गोप्य श्रोतबाट प्राप्त भएको छ ।

यस सन्दर्भमा होटल संचालक जिवछ साहले फोन सम्पर्कमा केही भन्न नसक्ने प्रतिक्रिया दिएका छन् । सिरहाको गोलबजारमा यस्ता क्रियाकलापहरु अधिक फस्टाएको विभिन्न समयमा समाचारहरु बाहिरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।