प्रदेश २: चट्याङ्ग लागेर एक महराको मृत्यु - Hamro Janakpur

रबिन्द्र प्रजापति /रौतहट । आज बिहान हावाहुरी पानी परेकोले प्रदेश नम्बर २ को रौतहटमा चटयाङ्ग लागेर रौतहटको गुजरा नगरपालिका वडा नम्बर ८ को जयराजपुरमा रामलखन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गुजरा ७ घर भएका महरा आफन्तको बिहेमा जयराजपुर आएका थिए । बिहान ५ बजे खेतमा शौच गर्न गएको बेला उनलाई चटयाङ्ग लागेको प्रहरीले जनाएको छ ।

महराको शव पोष्टमार्टमको लागि चन्द्रपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।