धनुषा: जिल्ला प्रशासन कार्यालय अब तालिका अनुसार सेवा, कुन पालिकाकाे कहिले ? - Hamro Janakpur

जनकपुरधाम । कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई दिन अनुसार पालैपालो सेवा दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै वैशाख १२ गते आइतबारदेखि दिन अनुसार पालिकाहरुलाई पालैपालो सेवा प्रदान गर्ने जनाएका छन्।

सेवा प्रवाहको लाग जिल्लाको १८ वटा पालिकाहरुको तालिका तयार गरेको छ । तिई अनुसार आइतबार सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिकालाई सेवा प्रदान गर्ने छ भने मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको सेवा सोमबार सेवा दिने छन् ।

यस्तै मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको सेवा दिइने छ। त्यसैगरी बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सूचनामा उल्लेख रहेको छ ।

बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएका हुन् ।

त्यसै गरी संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।