जनकपुरधाम मास्क नलगाउने १०० रुपैया 'जरिवाना' ५ हजार भन्दाबढि नियन्त्रणमा - Hamro Janakpur

जनकपुरधाम । जनकपुरधाममा मास्क नलगाउने सय रुपैया जरिवाना लागने छ भने बिहिवार ५ हजार भन्दा बढि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएका थियो ।

बजार तथा सार्वजनिक स्थानहरुमा मास्कनलगाई हिँडिरहेका ५ हजार भन्दा बढि जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएपी मकेन्द्र मिश्रले जानकारी दिएका हुन्।

जनकपुरधामउपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन यसअघि नै सूचना जारी गरी मास्क लगाएर मात्रै बाहिर निस्कन सर्वसाधारणलाई आग्रह समेत गरेकाे थियो भने यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङगरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेरीगरी मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको हो।

विहिवार नियन्त्रणमा लिइएका सबै जनालाई दुई घण्टासम्म नियन्त्रणमा राखि छाडिएको डिएसपी मिश्रले जनाएका छन् भने भोलि शुक्रवार देखी एक सय जरिवाना लिई छाडिने प्रहरी डिएसपी मिश्रको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।