सिरहामा अग्नि पिडितलाई राहत सामग्री वितरण - Hamro Janakpur

सिरहा । सिरहा मिर्चैयाका अग्नि पिडित सन्तुलाल राउतलाई मिर्चैया नगरपालिकाद्वारा राहत प्रदान गरिएकाे छ ।
सिरहाकाे मिर्चैया नगरपािलका वडा नं.६ जिवा टाेलमा बैशाख ८ गते करिव राती ९: बजे तिर विधुत सट भएर अग्लगीमा परि राउतको घर जलेर नष्ट भएको थियो । राउतलाई केही राहत हाेस् भन्ने उद्देश्यले मिर्चैया नगरपालिकाद्वारा राहत वितरण सामग्रीहरूमा -: त्रिपाल -३ थान, तना-३ पिस, झुल-३पिस, थाल-५ पिस, गिलास -५ पिस, जग-२पिस, बकेट-१ पिस, बालटिन-१पिस, तथा खाधन्न सामग्रीमा :- चामल १पोका, दाल २ पोका, भूजा-५ केजि, चुरा-४ केजि, खानेतेल २ लि., नुन-२ केजि, आलु, प्याज, सावुन लगायतका तत्काल अतिआवश्यक सामग्री दिदै नगर प्रमुख श्रवण कुमार यादवले पछि अन्य निकाय सरकारी र गैरसरकारी संघ संस्थाको र नगर कार्यपालिकाको समेत समन्वयमा थप सहयोग गर्ने भनि आस्वासन समेत दिनुभयो।

मिर्चैया नगरपालिकाकाे नगर प्रमुख श्रवण कुमार यादव तथा प्रशासकीय अधिकृत डम्बरध्वज आङदम्बे लगायत स्थानीय अगुवा र बुद्धिजीवीहरुको राेहवरमा अग्नि पिडितकाे घरमै गएर राहत सामग्री वितरण गरिए छ । राहतमा अती आवश्यक सामान उपलव्ध गराईएकाे मिर्चैया नगरपालिका कार्यपलिका सदस्य बिजय कुमार साहले जनकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।