आज देशभर ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि,२७ जनाको मृत्यु - Hamro Janakpur

जनकपुरधाम । नेपालमा एकैदिन ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार १६ हजार १४७ पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार काठमाडौंमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना पुष्टि भएको छ ।

उनका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामग्री चोरन पाईदैन ।