लकडाउन: धनुषामा पुन १० दिनथप निर्णय - Hamro Janakpur

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनकपुर लगायत धनुषा  जिल्लाभर निषेधाज्ञा १० दिन थप बढाउने निर्णय भएको छ ।

आज बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेदेखि जेष्ठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हाे । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ ग्ते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको हाे ।जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

कोरोनाका महामारीकाे दोस्रो लहर बढदै तथा नयाँ भेरियन्टको संक्रमण बढ्दै गइरहेको र लक्षणसहितका संक्रमित विरामीहरुको अस्पतालमा चाप बढेको अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

निषेधाज्ञामा होटल खोलेको भन्दै सञ्चालकलाई ४ लाख जरिवाना

काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई..