नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९४,२५३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले छ ।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ थियो ।२४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्तपछिल्लो २४ घण्टामा थप १,१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६८ हजार ६६८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको थियो ।मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय