पर्सा जिल्लाको बिरगंज छप्कैया स्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा एकजना नक्कली डाक्टर साह पक्राउ परेको छ ।
यहि मिति २०७७/०६/२३ गतेका दिन अं.०२:३० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.०२, छप्कैया स्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा जि. पर्सा विन्दवासिनी गा.पा. वडा नं. ०३ बस्ने राजाराम साह तेलीको छोरा ४० वर्षका नारद साह तेलीले डाक्टर शिवसंकर(DR. S. S. Yadav) को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको छ भन्ने बिशेष सूचनाको अधारमा यस कार्यालयबाट प्रहरी टोली खटिई गई निजलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई मिति २०७७/०६/२५ गते सम्मानित पर्सा जिल्ला अदालत, पर्साबाट ऐ.२३ गते देखि नै लागु हुनेगरि मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय