श्रि एभरेष्ट युवा क्लब नक्टाझिज को २० औ साधारणसभा सम्पन्न - हाम्रो जनकपुर

दिवेश कुशवाहा/जनकपुरधाम । धनुषाको श्री एभरेष्ट युवा क्लबका अध्यक्ष बलराम महतोको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज स्थित श्री एभरेष्ट युवा क्लब को २० औ साधारणसभा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश सासंद शत्रुधन महतो र विशिष्ठ अतिथिका रुपमा मिथिला नगरपालिका वडा नम्बर २ का वाडा अध्यक्ष बिहारी महतोको उपस्थितमा कार्यक्रम भव्यताका साथ मनाइएको छ ।

कार्यक्रममा गाउँका ज्येष्ठ नागरिकलाई क्लबले दौशला ओढाइ सम्मान गरेका थिए भने जग्गा धनी किसानलाई समेत दौशला ओढाइ सम्मान गराएका थिए। गाउँमा रहेका सामुदायिक विधालयका जेहेन्दार विद्यार्थीहरुलाई क्लबले पुरस्कार वितरण गरेका थिए। सो कार्यक्रममा हिमालय युवा क्लब नक्टाझिजले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि मनोरञ्जन गराएका थिए र होली पर्वको शुभ उपलक्ष्यमा गाउको व्यक्तिहरु द्वारा होली _जोगिरा_भजन गरि उपस्थित सबैलाई मनोरंजन गराएका थिए। उपस्थित जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै एभरेष्ट युवा क्लबलाई अगामी दिनमा अतिरिक्त क्रियाकलापहरु संचालन गरि युवाहरुलाई अगाडि बढाउने कार्यक्रम गर्न सुझाव दिएका थिए र हरेक कार्यक्रममा स्थानीय, प्रदेश र केन्द्र सरकार साथ रहेको कुरा वताएका थिए।

कार्यक्रमलाई सुचारु गर्न उद्घोषका रुपमा समाजसेवी रामऔतार महतोले गरेका थिए भने प्रदिप यादवले कार्यक्रमलाई अन्तय गरका थिए।

कार्यक्रममा प्रदेश नं-२ का प्रदेश सांसद शत्रुधन महतो, मिथिला नगरपालिका-२ का वाडा अध्यक्ष बिहारी महतो, एभरेष्ट युवा क्लबका अध्यक्ष बलराम महतो , हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, जनता मावि नक्टाझिजका शिक्षक दिनेश प्रसाद महतो, नक्टाझिज खानेपानी स्वच्छता समितिका अध्यक्ष ठकाई महतो , मिनपा -२ का वाडा सदस्य हरिनारायण यादव, कौशल्या देवी, एभरेष्ट युवा क्लबका पुर्व अध्यक्ष रामविलास महतो , शिक्षक शत्रुधन महतो, साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजका प्रबन्धक सुर्यनारायण महतो, स्थानीय नेता सुवरण महतो,राम प्रसाद महतो विधार्थी , स्थानीय शिक्षक, नगरवासी तथा समाजसेवी युवाहरुको सहभागितामा साधारणसभा कार्यक्रम सम्पन्न भएको कुरा एभरेष्ट युवा क्लबका अध्यक्ष बलराम महतोले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय