पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास - Hamro Janakpur

जनकपुरधाम। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

आज विहान सामाजिक सन्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् । करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।

उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो । सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।

आफुले जिवनमा देखेको मुख्य सपना नेपाली क्रिकेटको उन्नती भएको र यसका लागि सम्पुर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता पर्ने भन्दै उनले इमान्दारीताका साथ काम गर्ने हो भने नेपाली क्रिकेट धेरै माथि पुग्ने उल्लेख गरेका छन् ।

‘क्रिकेटरको रुपमा मैले आफ्नो मन,वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली  क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भुमिका निर्वाह गरें,अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सदैछन्,मैदान भित्रका यी दुई दशक,जीवन रहुन्जेल,मिठो यादका रुपमा म सँग राअनेछन् ।

हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुय्राउने छौँ भन्ने विश्वास लिएको छु पूर्व कप्तान पारसले लेखेका छन्’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा..

×