अमेरिकाविरुद्ध आज लगातार चौथो जित निकाल्ने नेपालको लक्ष्य - Hamro Janakpur

जनकपुरधाम ।  नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत तेस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग दिउँसो ४:१५ बजेबाट  प्रतिस्पर्धा गर्नेछ ।  ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल अमेरिकामाथि लगातार चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।

अमेरिका नेपाल र ओमानसँग सुरुवाती दुबै खेलमा पराजित भएको छ । अमेरिका नेपालमाथि पहिलो जित निकाल्ने सोचमा छ । पछिल्ला ६ खेलमा अमेरिकाले लगातार हार व्यहोरेको छ ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।

नेपाल र अमेरिकाबीच तीन ओडिआई खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । गत वर्ष पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । नेपालले २०१० को डिभिजन फाइभको फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल लिग खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको थियो ।

नेपालले २०१२ को डिभिजन फोरमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । २०१३ को डिभिजन ३ मा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको थियो । २०१५ को टि२० विश्वकप छनोटमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । २०१७ को एकदिवसिय अभ्यास खेलमा भने नेपाल पाँच विकेटले पराजित भएको थियो । समग्रमा नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ ।

लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।   ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

लिग-२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

मेका इन्जिनियरिङ समाज सबैलाले मनाए शुभकामना आदानप्रदान कार्यक्रम

जनकपुरधाम । धनुषाको सबैलामा रहेको, मेका इन्जिनियरिङ समाज सबैलाले विजया दशमि तथा आउदै गरेको दिपावलि छठ् पर्वको शुभ अवसरमा मेका इन्जिनियरिङ समाज सबैलाको आयोजनामा शुभकामना..

×