हिमालय यु.क्लब द्वारा आयोजित मोटरसाइकल स्लो सम्पन्न,आज हक्की खेल हुदै। - Hamro Janakpur

दिवेश कुमार महतो। धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज मा रहेको हिमालय युवा क्लबको वार्षिक साधारणसभाको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम अन्तर्गत दोस्रो दिन सोमबार श्रि हिमालय युवा क्लब को खेल मैदान मा मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न भएको छ। जम्मा १३ जनाको सहभागिता मा भएको प्रतियोगितामा मा १ मिनेट सम्म मोटरसाइकल स्लो चलेको थियो। त्यसमा प्रथम स्थान हासिल गर्न सफल शिवनारायण महतो (शिवे) , द्वितीयमा माहादेव सिंह र तृतीय स्थानमा लभ कुमार महतो रहेको छ।

दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मोटरसाइकल गुडाउने क्रममा हुने सावधानी अपनाउन का लागि आवश्यक पर्ने “मोटरसाइकल स्लो” प्रतियोगिता हिमालय युवा क्लब नक्टाझिज मा पहिलो पटक आयोजना गरिएको मा दर्शकहरु उत्साहित भएका थिए।

हिमाल युवा क्लब को वार्षिक साधारणसभाको उपलक्ष्यमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन हिमालय युवा क्लब को भवनमा “सामजिक काममा तपाई को भुमिका” सम्बन्धी छलफल भएको थियो भने दोस्रो दिन आज मोटरसाइकल स्लो भएको छ।

त्यस्तै आज तेस्रो दिन मंगलबार आयोजक हिमालय युवा क्लब नक्टाझिज को आयोजना र जनता मावि नक्टाझिज को तत्वधानमा हक्की प्रतियोगिता हुदै छ। चौथो दिन सितोरियो कराँते, पाचौं दिन वृक्षारोपन कार्यक्रम, छैठौं दिन सरसफाई कार्यक्रम र अन्तिम सातौं दिन वाषिर्क साधारणसभा, साँस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम र विजेता खेलाडीहरुको पुरुस्कार बितरण कार्यक्रम रहेको छ।

नक्टाझिज मा मात्र नभएर मिथिला नगरपालिका मै पहिलो पल्ट भोलि हक्की प्रतियोगिता को आयोजना गर्न लागेको हो। भोलि मंगलबार हुने हक्की प्रतियोगिता मा जनता मावि नक्टाझिज को छात्र र छात्रा टिमको सहभागि हुने छ भने जनता मावि नक्टाझिज को दुवै टिम सँग प्रतिशप्रधा गर्न बर्दिबास बेलखाडि हक्की टिम र जनकपुर को हक्की टिम आउदै छ। मंगलबार १२ बजे देखि हिमालय युवा क्लब नक्टाझिज को खेल मैदान मा हुने हक्की प्रतियोगिता मा सहभागी भई खेल को शोभा बढाइ दिन आयोजक हार्दिक अनुरोध गरेको छ।

हिजो भएको मोटरसाइकल स्लो प्रतियोगिता मा हिमालय युवा क्लब का अध्यक्ष अरुण कुमार महतो, मिथिला नगरपालिका वार्ड नं-२ का वाडा अध्यक्ष बिहारी महतो, कलबका सचिव शिव महतो, कलबका प्रतिनिधि सत्यनारायण राय, बाल क्लब का अध्यक्ष दिवेश कुमार महतो लगायत खेलाडि विधार्थीहरु को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×