त्रिदेशीय टी–ट्वान्टीको फाइनल नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै - Hamro Janakpur

काठमाडौ । नेपालले आज नेदरल्याण्ड्ससँग त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि खेल्दै छ ।

नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।

खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

“प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

अर्जुन शाह, जनकपुरधाम। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.२ कदम चोक स्थित एस.एम. कोचिङ एण्ड कम्पुटर सेन्टरको सभाहलमा प्रश्न युवाको जवाफ सरोकारवालाको” नाराको साथ युवासंग..