नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि नेपाली टिमको घोषणा - Hamro Janakpur

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय प्रारम्भिक नेपाल टिमको घोषणा गरिएको छ। सिरिज जुलाई २०/२२ तारिखमा सुरु हुने भनिएता पनि आधिकारिक रुपमा आईसीसीले मिति घोषणा भने गरेको छैन।

घोषित नेपाली टिममा घरेलु एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पृथु बास्कोटा, पवन सर्राफ, बिक्रम सोब, सन्दिप जोरा, शाहब आलमले स्थान बनाएका छन्। यस्तै नेदरल्याण्ड र मलेसिया बिरुद्ध दुई महिना अघि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टोलिमा रहेका छन्।

भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई भने टिम बाहिर राखिएको छ। रेग्मी हाल अमेरिकामा रहेका छन्। रेग्मीसंगै पृथु बास्कोटा पनि अमेरिकामा रहेका छन्। रेग्मी र बास्कोटा दुवै अमेरिकामा नेपाली राइनोज अलस्टार क्लबको निमन्त्रणामा प्रतियोगिता खेल्न अमेरिका पुगेका थिए जसपछि नेपाल फर्केका छैनन्।

यो वर्ष प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका राजेश पुलामी मगर, सुनिल धमला, सौरभ खनाल, अनुज चुनारा, भुवन कार्की, कृष्ण कार्की, बिबेक यादव जस्ता खेलाडीले भने बन्द प्रशिक्षणमा मौका पाउन सकेनन्।

घोषित २० सदस्यीय टिम : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, पृथु बास्कोटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

महन्थ ठाकुर र उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी..