जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोराको १८ वर्षको उमेरमा निधन - Hamro Janakpur

एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर माइकल बालाकका छोरा इमिलियोको १८ वर्षको उमेरमा निधन भएको छ । पोर्चुगिज टेलिभिजन टीभीआईले क्वाड बाइक दुर्घटना परेर निधन भएको जनाएको छ ।

बालाकको पूर्वक्लब चेल्सीले ट्वीटरमा एक वक्तव्य जारी गर्दै बालाक र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । ‘चेल्सी फुटबल क्लबसँग आबद्ध सबै जना इमिलियो बालाकको १८ वर्षको अल्पआयुमा निधन भएकोमा स्तब्ध र दुःखी छ,’ चेल्सीले विज्ञप्तिमा भनेको छ, ‘यो दुःखको घडीमा हाम्रो प्राथना माइकल र उनको परिवारको साथमा छ ।’

सन् १९९७–९८ मा अप्रत्यासित रुपमा बुन्डेस लिगा जित्ने काइसरस्लाटरन क्लबको सदस्य रहेका बालाक सन् १९९९ मा बायर लेभरक्युसनसँग आबद्ध भएका थिए । तीन वर्ष क्लबमा बिताउँदा उनी जर्मन राष्ट्रिय टोलीको मुख्य सदस्य भइसकेका थिए ।

सन् २००२ को विश्वकपमा दोस्रो स्थान जित्ने टोलीको सदस्य रहेका उनी त्यसपछि बायर्न म्युनिखसँग आबद्ध भए । बायर्नमा उनले तीनवटा लिग उपाधि जिते । उनी सन् २००६ मा घरेलु मैदानमा भएको विश्वकपमा तेस्रो बनेको जर्मन टोलीका सदस्य थिए ।

त्यसपछि उनी प्रिमियर लिगमा चेल्सीसँग आबद्ध भएर उनले थप उपाधिहरु जिते । सन् २००८ को च्याम्पियन्स लिगको फाइनल भने म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा गुमाउन पुगे ।

सन् २०१० मा उनी लेभरक्युजन फर्किए र सन् २०१२ मा फुटबलबाट सन्यासको घोषणा गरे । बालाकका अन्य दुई सन्तान लुइस र जोर्डी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरमा दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर फरार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट आईतवार दिनदहाडै एक अपरिचित व्यक्तिले घर अगाडीबाटै मोटरसाइकल चोरेर भागेके छ । घर अगाडी पार्किङ गरी राखेको अवस्थामा..

×