पिएम कप : प्रदेश २ स्तरिय छनाेट खेलमा महाेतरी र धनुषा विजय - Hamro Janakpur

जनकपुरधाम । राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनाेट प्रतियाेगितामा महाेतरी र धनुषा विजय भएका छन्।

बुधवार राजबिराज स्थित राजरंगशाला खेल मैदानमा पहिलाे खेलमा महाेतरीले सप्तरीलाई २५ रनले पराजित गरेको छ भने दाेस्राे खेलमा धनुषाले राैतहट विरुद्द ७ विकेटले जित निकाल्न सफल भएको छ।

पहिलाे खेलमा टस जितेर सप्तरीले महाेतरीलाई ब्याटिंगका लागि निम्तियाएपछि २५ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ४१ रनकाे याेगफल जोड्न सफल भएको थियो। जसमा हरेकृष्ण झा ३२ रन, अभिशेक अधिकारी २३ रन, अभिशेक तिवाडी २४ र राहुल प्रताप सिँहले २० रन जाेडेका थिए।

बलिंगतर्फ सप्तरीका महबुव आलमले ४ बिकेट, अजय यादबले ३ तथा राेहित सिँह, अनिल यादब र पप्पु यादबले १/१ विकेट लिए।

जवाफमा सप्तरी ले २३ ओभरमा सबै बिकेट गुमाई १ सय १६ रन मात्र बनाउन सक्यो। जसमा महबुव आलम ३९ रन, बिकास दास २३ र निरज यादबले १५ रन बनाएपनि जित काे लागी प्रयाप्त हुन नसक्दा अन्तमा २५ रनले हार ब्यहोर्नु पर्याे।

महाेतरीका माेहम्मद हुसेनले उत्कृष्ट बलिंग गर्दै सप्तरीका ५ खेलाडी लाई आउट गरेपछि सप्तरी निरिह बन्न पुग्यो। यस्तै अर्का बलर राहुल प्रताप सिँहले ३ विकेट र हरेकृष्ण झाले २ विकेट लिएका थिए ।खेलकाे म्यान अफ दि म्याच माेहम्मद हुसेन घाेषित भएका थिए।

यसै गरी मबिव क्याम्पसकाे खेल मैदानमा भएकाे दाेस्राे खेलमा टस जितेर राैतहटले २८ ओभरमा ७ विकेट गुमाई १ रन काे याेगफल बनाएका थिए। जसमा असचल चाैधरीले ५९, डब्लु मलिक २३ र नितेश यादबले अविजित १४ रन जाेडेका थिए।

बलिंग तर्फ धनुषाका हरीशंकर साह र आकाश रायले २/२ विकेट तथा रूपेश र विशाल सुश्लिंगले १/१ विकेट लिएका थिए। जवाफमा धनुषाले २५ ओभरमा ३ विकेट गुमाएर विजय हात पारेको थियो। जसमा राैनक रत्नमले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ६१ रन र अकबर अलीले अविजित १६ रन बनाएपछि जित सहज भएकाे थियो साथै हिमांशु दतले पनि २५ रन जोडेसंगै धनुषाले जित हात पारेको हो। बलिंग तर्फ राैतहटका सागर पासवानले २ र राजेश यादबले १ विकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच धनुषाका राैनक रत्नम घाेषित भएकाे सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी गराउनु भएको छ।

भाेलीकाे खेल राजरंगशालामा महाेतरी र राैतहट बिच तथा मबिव क्याम्पस खेलमैदानमा धनुषा र सप्तरी बिच हुने संघका सचिव यादबले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो जनकपुर बिशेष

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

ने. बि. सघं ठाकुर राम इकाई समिति द्वारा हरि खेतान का प्राचार्य भगवान यादव विरुद्ध आन्दोलन को घोषणा

पवन प्रसाद साह , पर्सा । हरिखेतान बहुमुखी क्याम्पस विरुद्ध ने बि संघ ठाकुर रामक्याम्पस इकाई समिति ले ७ बुदा आन्दोलन को घोषणा गरेको छ।..

×