
काठमाडौं । चीनमा गएको शक्तिशाली भुकम्पले नेपाल पनि हल्लिएको छ । चीनको तिब्बतमा गएको भूकम्पको धक्का काठमाडौं लगायत नेपालका पूर्वी पहाडी क्षेत्रमा महसुस भएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गएको हो ।मापन केन्द्रका अनुसार ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका काठमाडौंलगायत पूर्वी पहाडी जिल्लाहरु यसको धक्का महसुस भएको हो ।
यसको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । यो आज बिहान नेपाली समय अनुसार ७ः१८ मिनेटमा मा महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् !