खाडिमुलुक यूएईमा कोरोना भाइरस (कोभिड–१९) बाट ७१ जना नेपाली संक्रमित भएका छन् । ती मध्ये २ जनाको ज्यान गएको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविड–१९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकमा कोरोना भाइरसबाट यूएईमा ७१ जना नेपाली संक्रमित भएकाे र संक्रमित मध्ये २ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

तर, यूएईको परराष्ट्र मन्त्रालयबाट ११ जना नेपालीलाई मात्र कोरोनाको संक्रमण भएको भनेर आबुधाबीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ । उनीहरुमध्ये २ जना उपचारपछि निको भैसकेका छन् ।

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्ला दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता नै नखुलाउने गरेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

यूएईमा संक्रमित कतिपय नेपालीले उपचार नपाएको गुनासो गरेका छन् । उनीहरुलाई सिकिस्त नहुन्जेल घरमै बस्न भनिएको छ ।

यूएईमा हालसम्म ६ हजार ३ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३७ जनाको ज्यान गएको छ । त्यस्तै १ हजार १ सय ८८ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय