दाङमा कोरोना भाइरस संक्रमित एक जना १५ वर्षीय विद्यार्थीको मृ’त्यु भएको छ। गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृ’त्यु भएको हो।

बुटवलमा उपचार गराउँदा पनि स्वास्थ्य सुधार नभएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा उनीहरू भैरहवा पुगे। त्यहाँ पिसिआर परीक्षणका लागि स्वाव दिए। वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्। उनको शुक्रबार बिहानै त्यहीँ निधन भइसकेको थियो।

एउटै घर परिवारमा एकातिर जन्ती र अर्कोतिर मलामीको नरमाइलो स्थितिले आफू वाक्क भएको एक आफन्तले बताए। विधानका माइला बुवा गोटुराज र नन्दकली आचार्यकी छोरी सुजाताको शुक्रबार न बिहे भएको छ। शुक्रबार बेहुलीलाई घर पठाएपछि आमाले मृत्युको खबर सार्वजनिक गरेकी थिइन ।

‘बिहे प्रभावित नहोस् भनेर पनि आमा लक्ष्मीले छोराको मृत्युको कुरा सार्वजनिक गर्न नखोज्नु भएको बुझिएको छ,’ एक आफन्तले भने, ‘विधान त बिहान १ बजेतिर नै बितिसकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र ज’न्ती हिँडिसकेपछि मात्रै छोराको मृत्युबारे खबर दिनुभयो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय