जनकपुरधाम । सर्लाहीमा एक वडाध्यक्षको मोटरसाईकलले ठक्कर हानेपछि ८ बर्षिय बालककाे घटनास्थलमै मृत्यू भएको हाे ।

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित वडा नम्बर १३ का वडाध्यक्षको मोटरसाईकल ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

वडाध्यक्ष राय रक्सी खाएर मोटरसाईकल चलाएपछि सो दुर्घटना भएको पिडित बताइएको छ । ८ बर्षिय छोराको मृत्यू भएपछि परिवारमा रुवावासी चलिरहेको हाे ।

स्थानीयहरुका अनुसार वडा नम्बर १३ का वडाध्यक्ष जय नारायण रायले चलाएको मोटरसाईकलले स्थानीय दिनेश महतोको ८ बर्षिय छोरा रोहित महतो (कुशवाहा) को घटनास्थलमै मृत्यू भएको हो ।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, ठक्कर दिएर बालकको मृत्यू भएपछि वडाध्यक्ष राय हिजैदेखि फरार भएका छन् । उनको खोजी कार्य तीव्र चलिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय