सरकारले बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, ,बिराटनगर जुटमिल, वीरगञ्जको चिनी मिल लगायतको कारखाना संचालनमा ल्याउने भएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो जानकारी दिएका हुन्।उपयुक्त ढाँचामा सो उद्योगहरु संचालन हुने उनले बताएका हुन् ।

जनकपुर चुरोट कारखाना परिसर अहिले मधेश सरकारको मन्त्रालय र आवास मधेश भवनमा परिणत भइसकेको छ ।

अर्थमन्त्री शर्माले रूग्न तथा बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजारा कारखाना, गोरखकाली रबर उद्योग, वीगरञ्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योगा र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बताए ।

उनले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूका लागि हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाको पोशाक प्रयोग गर्ने व्यवस्था मिलाइने जानकारी दिए।

घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूको संस्थागत सुशासनलाई सुदृढीकरणगरी वित्तीय क्षमता सवलीकरण गर्न कम्पनी मोडल अवलम्बन गरिने शर्माले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय