जनकपुरधाम । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिका अन्त्रगत पर्न वाडा नम्बर १० दस टाेल देवापुर टेटा निवासि रामशेवख पंडित कुम्हारले गाउले साहु संग ऋण लिइ आफ्नै छोरा बासदेव पंडित कुम्हारलाइ काम गर्नको लागि काठमाडौकाे मेनपावर संग सहकार्य गरेर मलेसिया पठाएको थिए।

बासदेव पंडितले मलेसियामा लुमुट कम्पनीमा केही दिन काम गर्दा गर्दै कम्पनीको साहु संग बिबाद भएपछि कारागार पठाइदिएकाे खबर जानकारी बितिकै बुवा र अामा गाउकाे वाडा अध्यक्ष देखि काठमाडौकाे मेनपावरमा जादा पनि कुनै किसिमको सुनवाइ नभएको पिडित कुम्हारले बताएका थिए। वासदेव पंडितकाे अामा लक्ष्मी देवीले छाेरा विदेश कारागारमा रहेकाे दिन देखि नै साेक र पिडामा रहेकाे मानसिक अवस्था समेत कमजाेर भएको जेठाे छाेरा हरदेव पंडितले बताएका थिए।

बासदेव पंडितकाे श्रिमति सबिता देबिले बताउदै अाफु गाउघरमा परिश्रमिक गरेर जिबन चलाउने काम गरे भने एक छाक खान खान्छु नत भाेकभाेकै बस्ने अवस्था रहेकाे छ। एउटा छाेरा र दुईवटा छोराछोरी र सासू ससुराकाे अवस्था शारीरिक अवस्था समेत कमजाेर रहेकाे र साहुकाे अझ सम्म केहि ऋण रहेकाेले अाफ्नो श्रीमानको ज्यान सुरक्षित स्वदेश फिर्ता गराइदिनुहुनकाे लागि सराेकारवाला संग आग्रह गरेका थिए। श्रीमान बिदेशमा कारागारमा चलान भए पछि सदरमुकाम देखि राजधानी काठमाडौ सम्म हजारौं रुपियाँ खार्च गरेर पनि कुनै किसिमको प्रतिकृया नअाएपछि देशकाे नागरिक भएर पनि गैर नागरिक अाफु महसुस गरिरहेकाे बासदेव पंडितकाे श्रीमती सबिता देबिले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय