जनकपुरधाम । जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौनधन्दा भइरहेको रहस्य खुलेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का स्थानीय महिलाहरुले सामूहिक रुपमा यसको विरुद्ध प्रदेश प्रहरी कार्यालयमा निवेदन दिएकी छन् ।

महेन्द्रनगर स्थित संचालनमा रहेको मिथिला नृत्य मंच, हरियाली गेष्ट हाउस र आदिवाली नामले चिनिने महिलाले संचालन गरेको होटल लगायतको ठाउँमा खुलेआम यौनधन्दा भइरहेको आरोप स्थानियहरुको रहेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरीहरुको संरक्षणमा यौनधन्दा भइरहेको स्थानियहरुले आरोप लगाएका छन् ।

केही समय यता व्यापारिक केन्द्रको रुपमा स्थापित हुन लागेको महेन्द्रनगरको मुख्यचोकमै रहेको गेष्ट हाउस, डान्सबार र होटलहरुमा यौन धन्दा मौलाएको हो । झोपडीहरुमा यस्तो क्रियाकलाप हुन थालेपछि छेउमा पारिवारिक जीवन बिताउन गाह्रो भइरहेको उनीहरुले दिएको निवेदनमा उल्लेख छ ।

मुख्य चोकमा यस्तो प्रकारको क्रियाकलाप रोक्न स्थानियहरुले केही दिन अघि प्रदेश प्रहरी कार्यालय जनकपुरमा लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानियहरुको गुनासो छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य द्वार रहेको महेन्द्रनगरमा खुलेआम यौनधन्दा भइरहेपनि प्रहरी मुकदर्शक बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय