काठमाडौं । राष्ट्रिय एल.पी ग्यास उद्याेग संघले खाली भएका ग्यास सिलिण्डर तत्काल भर्न उपभोक्तालाई अनुरोध गरेको छ । संघले शुक्रबार सूचना निकालेर साे अनुराेध गरेकाे हाे । काेराेनाकाे जाेखिम बढेका बेला ग्यास अभाव हुन सक्ने भन्दै संघले साे आग्रह गरेकाे हाे ।

पहिलाे चरणकाे कोरोना महामारीमा एल.पी ग्यास अभाव हुन नदिइएकाे उल्लेख गर्दै सूचनामा लेखिएकाे छ – “फेरि कोरोनाको दोस्रो लहर बढेको छ, त्यसैले सबैले आफूसँग भएको खाली सिलिण्डर भरेर राख्नुहोस ।’एल.पी ग्यासको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध गराउन भन्दै नेपाल आयल निगमले एल.पी ग्यास उत्पादन संघलाई पत्राचार गरेकाे थियाे ।

साेही अनुसार ग्यास अभाव हुन नदिन संघले सूचना जारी गरेरै उपभोक्तालाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरेकाे हाे ।दुई साता यता नेपालमा काेराेना संक्रमितकाे संख्या बढेकाे छ । संक्रमितकाे संख्या दिनहुँ बढ्दै गएपछि दैनिक उपभाेग्य सामान नपाइने चिन्ता पनि बढेकाे छ ।

छिमेकी भारतमा काेराेनाकाे भीषण डढेलाे लागिरहेकाे छ । साे डढेलाेकाे प्रभाव नेपालमा पनि परिरहेकाे छ । ग्यासमा आयातमा पनि प्रभाव पर्न सक्ने भन्दै संघले सूचना निकालेरै अनुराेध गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय