सुनसरी — लागूऔषध ओसारपसार र बेचविखनमा सक्रिय भएको आरोपमा चार जना पक्राउ परेका छन् । उनीहरु दुई दम्पती हुन् ।

धरानको एक होटलबाट ६ ग्राम खैरो हेरोइनसहित दम्पती पक्राउ परेको एक दिनपछि बुधबार प्रहरीले अर्का दम्पतीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी धरानका नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार मंगलबार धरान १० धर्मपथबाट दम्पती नै पक्राउ परेका छन् । उनका अनुसार पक्राउ पर्नेमा धरान–९ बस्ने ३३ वर्षीय मुन्ना खान र खानका ३० वर्षीया श्रीमती आसमा खातुन छन् ।

शंका लागेर प्रहरीले उनीहरु चढेको प्रदेश १–०–२–०४४ प ६३८० नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा स्पास्मोप्रोक्सिभन प्लस ५ सय ८६ क्याप्सुल बरामद भएको बस्नेतले बताए ।

यसअघि प्रहरीले धरान–२ स्थित भानुचोकको तेह्रथुम होटल एण्ड लजबाट ६ ग्राम खैरो हेरोइनसहित दार्जिलिङको मिरिकस्थित महेन्द्रगाउँ बस्ने ३१ वर्षीय विसन घले र उनका २२ वर्षीया श्रीमती पुन्य तामाङ पक्राउ गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय