काठमाडौं । प्रहरीले भन्सार छली, चारी पैठारी गरी नेपाल भित्राएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाइकल बरामद गरेको छ ।

भारतीय नाकाबाट विभिन्न मोटरसाइकल भन्सार छली र चारी पैठारी गरी नेपाल भित्र्याई नक्कली नम्बर प्लेट राखेर कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका विभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाइकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

सस्तोमा मोटरसाइकल बिक्री गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाइकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोइरालाले बताए । नेपालमा विक्री वितरण नै नभएका करिब पाँच लाख पर्ने बुलेटका नयाँ मोडलहरु नै नेपालको नम्बर प्लेटमा दुई लाख सम्ममा विक्री गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका करिब २१ लाख मूल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय