महोत्तरी, १८ फागुन । महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।

२०७९ फागुन १८ गते बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो ।

नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ ।

साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय