
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।
वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस रकमसहित पक्राउ परेका हुन् । जनकपुरधामको रोहन होटलमा सेवाग्राहीबाट घुस लिएलगत्तै उनी दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले पक्राउ गरेको छ ।
स्रोतका अनुसार ५० हजार घुस रकम बरामद भएको छ । तर अख्तियारको टोलीले मुचुल्का तयार पारिसकेपछि मात्र थप विवरण दिन सक्ने बताएको छ ।