जनकपुरधाम । पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन् ।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ।

झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय