जनकपुरधाम , नेपाल पिसबिल्डिङ्ग इनिसिएटिभ नामक मानव अधिकार संस्थाले मासिक बैठक अन्तर्गत आयोजना गरेको मंगलबारका बैठकमा मधेश प्रदेशका डिआइजिपि खांले आफुले दलितलाइ बहुत भित्रीबाट नियालेर हेरेको बताउनुभएको छ। संस्थाले प्रत्येक महिनाको अन्तिमतिर दलित सरोकारका बिषयलाइ जोडेर सम्वन्धित निकायका अधिकारिक निकायबाला,सरोकारबालासंग अन्तरक्रिया गर्ने गर्दछ।

मंगलबारको बिशेष बैठकमा “दलित तथा सिमान्तकृत बर्गको न्यायको लागि प्रहरीको भुमिका” बारे संस्थाका सदस्य र मधेश प्रदेशका डिआइजिपि मसउद आलम खां बिच गहन छलफल भएको छ। कार्यक्रममा सहभागि दलित मानव अधिकार संरक्षक सन्जालका सदस्यहरुले आ आफ्ना क्षेत्राधिकार परिसरमा भोगेका देखेका घटना, बिभेद लगायत दलित र सिमान्तकृत समुदायको घर घटनाबारे अ आफ्ना तर्क बितर्क राखेका थिए। कार्यक्रममा संस्थाका सदस्य एवं हंशपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासमानले गत बर्षमा मात्रै १७७ वटा दलितमाथि बिभेद ,छुवाछूत लगायतका घटना भएको औल्याउनुभयो।

नेपाल प्रहरीले देशका सवै नागरिकका लागि काम गर्दै आएपनि घटना दर्तामा प्रहरिको निस्पक्षता नभएको ,नागरिकका लागि प्रहरी साझेदारी कार्यक्रम चलाइएपनि धेरैजसो ठाउमा राजनितिकर्मी र बिचौलियाको संगको साझेदारी रहेको,ठाउठाउमा प्रहरी पार्टीका कार्यकर्ता बनेर आएको लगायत सर्व साधारणको लागि भयमुक्त प्रहरी कार्यालय बनाउन सन्जालका सदस्य जीतेन्द्र रामले गुनासो गरे। कार्यक्रममा प्रमुख अतिथि खांले सवैमा जागरुकता ,चेतना आवश्यक रहेको संगै बिना लगानि जनचेतना फैलाउन समाजमा अलिक बुझ्नेसंग आग्रह गर्नुभयो। आफ्नो कार्य अनुभवमा आफुले कार्यक्रममा सुनेको जति घटनाबाट हाल सम्म अनभिज्ञ रहेको बताउदै दलित मानव अधिकारकर्मीले समय समयमा आएर घटना न्यूनीकरणबारे सर सल्लाह गर्न आमन्त्रित समेत गर्नुभयो।

संस्थाका एक सदस्य कुलदिप दासको प्रश्न” प्रहरी कार्यालयमा दलित डेस्क ” राख्ने बारेमा जवाफ फर्काउदै डिआइजिपि खांले आफुले दलित डेस्क राख्ने बारे सोचे पनि -दलितले नै यसबारे प्रहरी बाट बिभेद गरियो कि भनेर सोच्लान जस्तो अन्यौलमा परेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय