ढल्केवर,असोज २७ गते ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदु राम भुसाल, विशिष्ट अतिथि मधेस प्रदेश सरकारका कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने,विशिष्ट अतिथि मधेस प्रदेश सरकारका पुर्वउधोग पर्यटन तथा वनमन्त्रि शत्रुधन महतो आतिथ्यमा भव्यताका साथ साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदु राम भुसालले किसानहरुको खेतमा बँदेल र जङ्गली बाँदरको आतंकले तरकारी,धान,गँहु खेती नष्ट गर्दै आएको प्रति सरकार गम्भीर रहेको र यसप्रति सरकारले चासोको रुपमा लिई छलफल गरेर उचित कदम चाल्ने बताउनुभयो। संघिय सरकारको प्रधानमन्त्री कृषि परियोजनाले बाँझो जमिन भएका पालिका वा क्षेत्रमा सरकारले अनुदान दिएर किसानहरूलाई प्रोत्साहन गरिरहेकोले यसमा साना किसानले किसानहरूलाई जोड्न आग्रह गर्नु भएको थियो। साथै प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत सरकारले धनुषा जिल्लामा आँप जोन र माछा खेती जोन बनाएर काम गरिरहेको छ र सरकाले कृषि पशुपन्छी विकास मन्त्रालयबाट बिउ ,मल ,कृषि बिमा र कृषि औजार मा पचास प्रतिशत अनुदान दिदै आएको र किसानहरूको समस्या प्रति संघिय सरकार सधैं गम्भिर रहने र किसानहरूको समस्याहरुलाई न्युनिकरण गर्न सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभएको थियो।

 

साधारणसभामा संस्थाको लेखा समितिका अध्यक्ष शत्रुधन महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ ।। संस्थाले वार्षिक प्रतिवेदनमा साना किसान समृद्ध कृषिको रुपान्तरण र उधमशिलताको विकास तर्फ जोड दिदैं चालु आ.व.मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालिम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने, जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरि कार्ययोजना तय गर्ने उल्लेख छ ।

साना किसान कृषि सहकारी संस्था लि नक्टाझिजले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार यस आर्थिक वर्षमा २५ करोड १ लाख १८ हजार ६ सय ७९ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०८० भदौ महिनासम्म संस्थाले १ करोड ८८ लाख १८ हजार ऋण लगानी गरेको छ ।

 

यस्तै गत आर्थिक वर्षमा २५ करोड २८ लाख ४१ हजार ६ सय १२ रुपैयाँ ऋण असुली गरेको भने चालु आ.व. को भदौ महिना सम्ममा १ करोड ९९ लाख ४६ हजार ४ सय ७५ रुपैयाँ असुली गरेको छ । गत आ. व.मा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ ब्याज असुल गरेको भने चालु आवको भदौ महिना सम्ममा ६४ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ ब्याज असुल गरेको छ । संस्थाले गत आवमा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ आम्दानी , यस आ. व . मा ५ करोड ७ लाख ,७८ हजार, ८ सय ९८ रुपैंया आम्दनी गरेको छ भने चालु आवको भदौ महिनासम्म ६५ लाख ७९ हजार ७ सय ९९ रुपैयाँ आम्दानी गरेको छ ।

 

गत आवमा संस्थाले ३ करोड ४८ लाख ८९ हजार २० रुपैयाँ र चालु आवमा ३ करोड ३८ लाख ५१ हजार ९सय ११ रुपैया जम्मा खर्च गरेको छ भने यस चालु आ.व. भदौ महिनासम्म २ करोड १४ लाख २८ हजार ५ सय ६७ रुपैयाँ नाफा गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको असुली दर हाल ९२ प्रतिशत,जम्मा ३२७ समूह रहेको छ भने महिला समूहको संख्या २२८ र पुरुष समूहको संख्या ९९ रहेको छ । संस्थामा महिलाको सदस्य संख्या १४ सय ८१ र पुरुष सदस्य संख्या ३३० गरी जम्मा १८ सय ११ सदस्य संख्या रहेको छ । हाल संस्थाको शेयर २ करोड ७९ लाख ६३ हजार रहेको कुरा संस्थाका प्रबन्धक सुर्य नारायण महतोले कार्यक्रममा प्रस्तुत गरेका थिए।

 

कार्यक्रमक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजका सह- प्रबन्धक सुरेश कुमार महतो,उपाध्यक्ष राम प्रसाद महतो, मिथिला नगरपालिका वार्ड नं -२ का वाडा अध्यक्ष बिहारी महतो,वार्ड नं ५ का वाडा अध्यक्ष रामचन्द्र महतो,हिमालय युवा क्लबका अध्यक्ष शिवराम महतो,रा. आ. वि विधालय नक्टाझिज प्रतिटोलको विधालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पुर्वडिएसपी शम्भु ढकाल ,प्रधानमन्त्री कृषि परियोजना प्रमुख ललन सिंह समाजसेेवी रामनाथ महतो (दिनेस),महिला नेतृ बबी महतो , हिमालय युवा क्लब को अध्यक्ष शिवराम महतो, हिमालय युवा क्लबको पुर्वअध्यक्ष अरुण कुमार महतो,जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो लगायत सेयर धनी एवम् गाँउवासीहरुको उपस्थिति रहेको थियो

 

मिथिला नगरपालिका २ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको छ भने स्थानीय कलाकार र सेयर धनी किसानहरूको छोराछोरीहरु द्वारा साँस्कृतिक कार्यक्रम पनि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय