दिवेश कुमार महतो।

जनकपुरधाममा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले ३३औं वार्षिकोत्सव भव्यताको साथ मनाएको छ।

 

ओरेक बोर्डका कार्यसमिति सदस्य अधिवक्ता किरण साहकी अध्यक्षता तथा मधेस प्रदेश सभाको सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा ओरेक धनुषा जिल्ला संयोजक विणा कुमारी सिहंले ओरेकले गरेको विगत देखि हाल सम्मको गतिबिधि र अभियान बारे प्रस्तुतिकरण गरेका थिए। मानव अधिकार र सामाजिकीकरण, पर्यावरणीय न्याय र महिलाको नेतृत्व, गुणस्तरिय सेवाप्रवाह, ज्ञान व्यवस्थापन तथा संचार एकाई बारे प्रष्ट पारेका थिए।

 

 

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले ओरेकको कार्य प्रति प्रशंसा गरेका थिए। महिलाहरुलाई संगठित पारेर समाजमा महिला सशक्तिकरमा विशेष पहल गरेको छ । ओरेकको अभियानले महिलाहरूको उपस्थिति हरेक तहतप्कामा सुनिश्चित भएको छ। ३३औं वर्ष पुरा गरी ३४औं वर्षमा प्रवेश गरेको यो संस्था पर्यावरणिय न्यायमा उल्लेखनिय योगदान गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेका थिए।

शुभकामना मन्तव्यको क्रममा कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिका का उपप्रमुख किशोर साहले अब आउने आर्थिक वर्षको रेड बुकमा १८ वटै पालिकाहरुबाट समन्वय गरी सुरक्षा अवासका लागि बजेट छुट्याउने प्रतिबध्दता जनाएका थिए। ओरेकले गाँउ – गाँउबाट महिलाहरूलाई संगठित गरि प्रदेश तहमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुको अवाजलाई बुलंद बनाएको छ । सुरक्षा आवासका लागि निरन्तर रुपमा खटेर बजेट छुट्याउन मा आफु प्रतिबध्द रहने बताएका थिए।

 

कार्यक्रममा जिल्ला समन्वय समितीका अध्यक्ष राजनन्दन मण्डल, मिथिला नगरपालिका की उपप्रमुख सुनिता सिंह बुढाथोकी,लक्ष्मिनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलका प्रमुख चन्द्रकला भट्टराई लगायत महिला अधिकारकर्मीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो।

 

कार्यक्रमको उद्घोषण तथा सञ्चालन महिला मानव अधिकार रक्षक संजालकी उपाध्यक्ष सुभद्रा आलेले गरेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय