जनकपुरधाम । गौशाला नगरपालिकामा टयाक्टर दुर्घटना हुदा एक युवक गम्भीर घाइते भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ स्थिर रहेको निगौल ठाकुर पोखरी नजिक पश्चिमतर्फ जाँदै गरेको ज १ त ६६२५ नम्बर भएको टयाक्टर आफै अनियन्त्रीत भई टयाक्टर दुर्घटनामा परि सर्लाहीको हरिपूर्वा वडा नंं ७ बस्ने अन्दाजी वर्ष २७ को चन्दन यादव घाइते भएका हुन ।

चालकले भने पछाडीबाट आफुलाई बोलाउँदा र आफु पछाडी तर्फ हेर्दा टयाक्टर अनियन्त्रीत भएको चालकले बताए । यादवको टाउकोमा भने १० वटा टाँका र हातमा चोटपटक लागेको र उनका उपचार गौशाला पोली क्लिनिकमा भई रहेको ईलाका प्रहरी कार्यलय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदिप बस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय