हाम्रो जनकपुर , संवाददाता । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीविरुद्ध विभेद कायमै रहेकोले आफूहरु स्थानीय तहको विकास र अधिकार प्राप्तिको आन्दोलनसहित निर्वाचनमा होमिएको बताएका छन्। सोमबार जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठाकुरले स्थानीय तहको निर्वाचनमा स्थानीय विकास र मधेशविरुद्ध जारी विभेद तथा अधिकार प्राप्तिको आन्दोलनलाईसंगै लिएर अघि बढेको बताएका हुन्। उनले देशमा संघीयता आएपनि शासन प्रशासनको अधिकार केन्द्रमै सिमित रहेकोले ती अधिकारलाई संविधान बमोजिम स्थानीय र प्रदेशमा हस्तान्तरण गराउन आवश्यक रहेको बताए। उनले भने, ‘नागरिकतासहित मधेश आन्दोलनमा उठेका तथा पटक पटक सम्झौता भएका मुद्दा संस्थागत गर्न आफूहरु निर्वाचनमा भाग लिएको छु। अधिकार प्राप्तिको आन्दोलन र विगतका झुठा मुद्दालाई खारेजीको लागि चुनाव जत्नै पर्छ।’

अध्यक्ष ठाकुरले गठबन्धन घटक दलका नेताहरु मधेशमा आएर नागरिकता समस्या समाधान आफूहरुले नै गर्ने भन्दै आएका छन। ठाकुरले भने, ‘तर वास्तवमा मधेशीलाई नागरिकता विहिन बनाउने सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र आफूलाई मधेशवादी भन्ने जनता समाजवादी पार्टी नेपाल नै हो।’

‘हाम्रो कुनै लिखित सम्झौता भएको थिएन, तर केपी ओली नेतृत्वको सरकारले नागरिकता समस्या समाधानका लागि राष्ट्रपतिसँग मिलेर अध्यादेश ल्याउन खोज्दा यही गठबन्धन दलका नेताहरुले भएर सर्वोच्चमा उजुरी दिएर खारिज गरायो, तर आज चुनावको बेला मधेशीलाई ठग्न भन्छन मधेशीको नागरिकता समस्यासमाधान गर्नेछु।’

अध्यक्ष ठाकुर देशको न्याय र शासन प्रशासनप्रति प्रश्न उठाउँदै भने गोली ठोकेर हजारौं नेपाली जनतालाई मारेर आन्दोलन गर्नेहरु प्रधानमन्त्री बनेर अहिले पनि सरकारमा छन। तर अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्ने दर्जनौ मधेशीलाई गोली हानेर शहीद बनाइयो, अहिलेपनि दर्जनौ माथि झुठा मुद्दा लगाएर जेलमा हालेका छन, यस्तो छ हाम्रो देशको शासन न्याय प्रणाली छ।

उनले भने ‘जबसम्म देशको राजनीतिक अवस्था स्थिर हुँदैन देशमा मधेशीले अधिकार पाउने छैन र अधिकार प्राप्तिको हाम्रो आन्दोलन जारी नै रहनेछ।’ स्थानीय तहको निर्वाचनमा लोसपालाई जिताए आन्दोलनलाई अझ शसक्त बनाएर मधेशीलाई सेवाका साथै अधिकार सम्पन्न बनाउने ठाकुरको भनाई थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय