गणेश कुशवाहा जनकपुर । मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको भिडियो र फोटो सार्वजनिक भएको छ।कार्यकक्षभित्रै कुर्शीमा टिकटक बनाउँदा चौतर्फी आलोचना हुन थालेको छ ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयलाई नै बेडरुम जस्तै नांचगान गर्दै टिकटकमा मस्त भएका देखिएको छ ।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मान मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।

नगरपालिकाको प्रतिष्ठा र आफ्नो मान मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो र भिडियो बाहिर आएको छ।

साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको यस फोटो ले बुझिन्छ।

केही दिन अगाडि उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उनको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको हो ।

पछिल्लो लामो समय देखि नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा बन्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय