काठमाडौं– श्रम तथा रोजगार कार्यालय धनुषाले जानकी मेडिकल कलेजको नाममा रहेको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। कार्यालयले राष्ट्र बैंकलाई पत्र पठाउँदै मेडिकल कलेजको नाममा देशभर रहेका विभिन्न बैंकमा सञ्चालित बैंक खाता रोक्न आग्रह गरेको हो।

 

कार्यालयले चलानी नम्बर ३४६ नम्बरको पत्र सोमबार राष्ट्र बैंकलाई पठाएको हो। पत्रमा कलेजमा कार्यरत कर्मचारी रतिशचन्द्र लाल सुमनले श्रम अदालतको फैसला कार्यान्वयन गर्न निवेदन दिएपछि त्यसका लागि पटक–पटक पत्र पठाउँदा पनि कार्यान्वयन नगरेकाले बैंक खाता रोक्का गर्न भनिएको छ।

‘जानकी मेडिकल कलेजको नाममा देशभर रहेका विभिन्न बैंकहरुमा सञ्चालित बैंक खाता रोक्का गरी श्रम अदालत काठमाडौंको फैसाला कार्यान्वयनमा सहयोग गरिदिनु हुन अनुरोध छ’ पत्रमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय