आश्विन १९ गते बुधबार।

जनकपुरधाममा विजया दशमीको दिन साँझ पख प्लाष्टिक म्यान क्याम्पेन सम्पन्न गरिएको छ । कायापलट नामँक संस्था द्वारा आयोजित सडक प्रदर्शनमा संस्थाका पर्यावरण संरक्षण अभियान्ताद्वारा पर्यावरण संरक्षण गर्न पर्ने सांकेतिक प्रस्तुती गरेका थिए ।

बुधबार कायापलटको आयोजनामा सेभ द चलड्रेन, सिफ्ट, डब्लु डब्लु एफ नेपालको सहकार्यमा जनकपुरधामको जनकचौक, राम चौक लगायतका स्थानमा पलाष्टिक म्यान बनेर प्रदर्शन गरिएको थियो । जनक चौकबाट राम चौकसम्म र रामचौकबाट राजदेवी मन्दिर को चारैतिरबाट प्लाष्टिक म्यानले प्रभातफेरी गर्दै सांकेतिक प्रदर्शनी सुरु गरेको थियो।

उक्त कार्यक्रममा दुई पलाष्टिक म्यानले पलाष्टिकका बोतल र झोला बोकेका थिए भने पलाष्टिकका सांकेतिक रुपमा डिब्बामा विरुवा राखि अक्सिजनको कमीलाई प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिमा कायापलटका रिषभ कुमार र सुमन शर्मा रहेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै कायापलट संस्थापक दिवाकर उप्रेतीले पर्यावरणमा बलात् हस्तक्षेप रोक्न पर्ने बताए । उनले भने,’ पर्यावरण संरक्षणमा सरकार तथा सरोकारवाला चुुक्दै गएकोले अभियान संचालन गरेका हौ ।’

 

यसै साथ कायापलट लगायतका साझेदार संस्थाले निरन्तर यस्ता अभियान सञ्चालन गर्ने छन् । जसको सुरुवात आजबाट सुरु भएको कुरा कायापलटका कोषाध्यक्ष तथा अभियान्ता कैयुम राईनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय