दिपेश कुमार शाह,काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले बताए ।

खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए ।

अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले सुनाए ।

६ सय थान अक्सिजन सिलिण्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं,’ झाले ओमानबाट भने

अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोग आउनेक्रम जारि छ।

अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर हुने झाले जानकारी दिए ।

खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । सिलिण्डर नेपाल पाठउन के कसरी सकिन्छ भन्नेबारे नेपाल अ्एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय