महोत्तरी । स्थानीय तहमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित जनप्रतिनिधिले लोकप्रिय बन्ने नाममा प्रचलित नियम कानुनभन्दा बाहिर गएर उद्युम नै मच्चाइ रहेक छन् । सस्तो लोकप्रियता र स्टण्टबाची देखाउने चक्करमा जनप्रतिनिधिहरुले कानुनलाई मात दिने खालको गतिविधिमा संगलन भएको पत्तै पाउदैनन् ।

प्रसंग हो, महोत्तरीको भंगहा नगरपालिका वडा ४ को वडाध्यक्ष गणेश प्रसाद महतोको । सस्तो लोकप्रियता र स्टण्टवाचीको चक्करमा उनले गत बुधबार सोही स्थानको एक प्रावि स्कुलमा गएर सम्पूर्ण शिक्षकको राजीनामाको माग गरेका थिए । सो घटनाको एकसाता नबित्दैँ उनले पुन नक्सा पास निर्माणधिन प्रशासकिय भवनको निर्माण तत्कालै रोक्न निर्माण कम्पनीलाई धम्की दिएका छन् ।

५९ लाखको लागतमा निर्माण भइरहेको उक्त प्रशासकिय भवनको कानुन विपरित मुख परिवर्तन गर्न ठेकेदार कम्पनीलाई वडाध्यक्ष महतोले धम्की दिएका हुन् । उनले गत शुक्रबार दलबलका साथ निर्माण स्थलमा पुगेको वडाध्यक्ष महतोले निर्माणमा खटिएका कामदार र सुपरभाइजरलाई हातपात समेत गरेका छन् ।

विकास निर्माण कार्यमा सक्रिय रुपमा अघि बढ्नका साटो वडाध्यक्ष महतोले व्यक्तिगत स्वार्थ कारण सो कार्यमा आफैँ बाधक बन्न पुगेका हुन् ।

भंगहा नगरपालिकाले १ बैशाख २०७९ सालमा सो भवन निर्माण गर्न ए.जे.डी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग सम्झौता गरेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि पालिकाले सो भवन ५९ लाख ९४ हजार २ सय ४० रुपैयाँ ४८ पैसामा सम्झौता समेत गरेको थियो । सोही सम्झौता अनुसार निर्माण कम्पनीले तोकिएको मापदण्ड अनुसार नै निर्माण कार्य अघि बढाइएको कम्पनीको दाबी छ । तर पछिलो केहि समययता विभिन्न बखेडा खडा गरेर नवनिर्वाचित वडाध्यक्षले सो निर्माण कार्य रोक्न आफूहरुमाथि दवाव बढाउँदै दिदै आएको कम्पनीको भनाई छ । सो कार्य पालन नगरिए भोलीका दिनमा थप विभिन्न किसिमको समस्या खडा गरिदिने वडाध्यक्षले धम्की दिएको प्रत्यक्षदर्शीेले बताए ।

स्थानीय सरकारको अभ्यासस्वरुप स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आफ्नो ठाउँको विकासका लागि होस् वा स्थानीय बासिन्दाको हितका लागि, निर्णय गर्ने अधिकार छ तर त्यस्तो निर्णय कानुनको परिधिबाहिर गएर गर्ने छुट उनीहरुलाई कुनै हिसाबले छैन् । पछिलो समय जनप्रतिनिधिहरुका दम्भका कारण स्थानीयहरु अर्जित बन्दै गएका छन् ।

यस विषयमा जानकारी लिन वडाध्यक्षलाइए पटक पटक फोन सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन् सकेन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय