
पर्सा। पर्सामा भालुको आक्रमणबाट एक दम्पत्ति घाइते भएका छन् ।घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका ६२ वर्षीय हरिलाल पकवाल र उनकी ५६ वर्षीया श्रीमती विष्णुमाया रहेकी छन् ।
घरनजिकैको रामबुद्ध सामुदायिक वनमा घाँस काट्न जानेक्रममा दम्पत्तिलाई सोमबार दिउँसो करिब १२ बजेतिर भालुले आक्रमण गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।
घाइते दुवैजनाको स्थानीय मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । घाँस काटिरहेको समयमा एक्कासी भालुले आक्रमण गर्दा दुवै जनाको हात तथा खुट्टामा चोट लागेको उनले बताए ।
यसअघि पनि बाघको आक्रमणमा परी एकजना स्थानीय घाइते भएका थिए ।