पवन प्रसाद साह/कलैया । बारा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सर्व-सहमतिले शिवकुमार सरार्फ चयन भएका छन्।

बारा सुनचाँदी व्यवसायी संघको आज हुन भनिएको निर्वाचन सर्व-सहमतिमा सफल भएकोछ।अध्यक्ष पदका उम्मेदवार शिवकुमार सरार्फ तथा धनिलाल सरार्फ विच हुन भनिएको निर्वाचन दुबै पक्ष बिच सहमतिमा टुङ्गो लागेको छ।

नेपाली काङ्ग्रेसका प्रतिनिधि समेत रहेका शिवकुमार सरार्फ सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका छन। हालै दुबै पक्षविच सहमतिमा सम्पन्न भएको सुनचाँदी व्यवसायी संघ बाराको कार्यसमिति १५ सदस्यीय रहेको छ। आजको सर्व-सहमति अनुसार अध्यक्ष पदमा शिवकुमार सरार्फ लगायत

१५ सदस्यीय कार्यसमिति गठन गरिएकोछ। जस्तै उपाध्यक्षमा राजु कुमार साह, उपाध्यक्ष भोला साह सोनार, उपाध्यक्षमा शिवजी प्रसाद सोनार, उपाध्यक्षमा रमेश कुमार विश्वकर्मा, महा सचिव मा धनिलाल साह सोनार, सचिवमा धिरेन्द्र स्वर्णकार, कोषाध्यक्षमा अजय कुमार सरार्फ, महिला सदस्य प्रमिला देबी सुनार, सदस्य राकेस कुमार सरार्फ, सतिस कुमार सरार्फ, मनोज कुमार सरार्फ,पवन सरार्फ, नन्दकिशोर सरार्फ, तारकेश्वर कुमार सरार्फ रहेका छन्।

बारा सुनचाँदी व्यवसायी संघको निर्वाचनलाई निकै अर्थपूर्ण ढंगले आकलन गरिएको थियो। भने बुझाई आजको निर्वाचनमा सहभागी प्रतिनिधिहरुले बताएका थिए। अन्तमा शिवकुमार सरार्फले अध्यक्ष पद हात पारेका छन।बारा जिल्ला भरी रहेका सुनचाँदी व्यवसायीहरुलाई सहज र शुलभ मापदण्ड अनुसार वहाँहरुको सम्मपुर्ण समस्याहरु समाधान गर्ने घोषणा नवनिर्वाचित अध्यक्ष शिवकुमार सरार्फले गरेका छन्। विगतमा विभिन्न किसिमको समस्याहरु झेलेका मेरा व्यवसायीहरुले अबको आउँदा दिनहरूमा मैले सकेका सम्मपुर्ण बाधा र अडचनलाई समाधान गर्दै लैजान्छु भनेर बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय